लकडाउन उल्‍लंघन गर्ने ७ सय जना नियन्त्रणमा

admin
  • बिकास रौनियार

धादिङ: प्रहरीले लकडाउनको एक सातामा उल्‍लंघन गर्ने ७ सय जनालाई पृथ्वी-राज्यमार्गमा नियन्त्रणमा लिएको छ । सवारी साधनहरु बिना पास नियम उल्लंघन गर्ने गरेको पाइएको छ । उनीहरुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रबिन्द्र रेग्मीले बताउनुभयो ।

यो अवधिमा लकडाउन उल्लंघन गर्ने ७ सय भन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको उनले बताए । ‘अत्यावश्यक सेवाबाहेकका सवारी साधन र मानिसको आवतजावतमा रोक लगाउन लकडाउन गरिएको हो तर अनावश्यक रुपमा सडकमा निस्किनेलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘यो अवस्थामा सबै अनुशासित भएर घरमै बस्नुपर्ने हो, अटेरी गर्ने प्रवृत्ति रोकिएको छैन ।’

जिल्ला ट्राफिक प्रहरी गजुरीका प्रमुख नेत्र प्रसाद भट्टले लकडाउन उल्लंघन गर्नेक्रम नरोकिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएर कोरोनासम्बन्धी जानकारी दिएर छाड्ने गरिएको उनले बताए ।

प्रतिक्रिया