लाठीले हान्ने प्रहरीमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

राष्ट्रिय समाचार समिति

सप्तरी: सप्तरीमा दुई जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। आइतबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरी जवानले दुई जनामाथि निर्मम तरिकाले लाठीले हिर्काएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

उक्त घटनालाई लिएर धेरै गुनासो आएपछि एसएसपी गणेश राणामगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो। छानबिनपछि उनलाई विभागीय कारबाही हुने सशस्त्रका डिआइजी प्रविन कुमार श्रेष्ठले जानकारी दिए।

‘तीन सदस्यीय छानबिन समिति गठन भएको छ,’उनले भने,’समितिले प्रतिवेदन बुझाएपछि उनीमाथि विभागीय कारबाही हुन्छ।’

प्रतिक्रिया