१ सय ६३ जनाको दशगजामा बिचल्ली, बाँकेका सिडिओ फोन उठाउदैनन

खगेन्द्र हमाल

बाके: भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिहानै देखि बिचल्लीमा परेका छन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल-भारत सिमाक्षेत्रको दशगजामा उनिहरु अहिले उद्दारको पर्खाइमा छन ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५ नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने भनेर पहिलो बुदामै निर्णय गरेको छ ।

तर, बाँके प्रशासन भने जिल्लामा छ कि छैन केहि थाहा छैन । यो बिषयमा बाँकेका सिडिओ कुमारबहादुर खड्कासङ्ग बुझ्न खोज्दा उनले फोन उठाउँदैनन । समग्र जिल्लाको जिम्मेवारी बोकेका बाँकेका सिडिओ यो संकटको घडीमा पत्रकारहरुलाई सुचना प्रवाह गर्नु त कहाँ हो कहाँ पत्रकारले फोन गर्दा समेत उनको फोन उठ्दैन।

बिचल्लीमा परेकाहरुलाई भारतीय प्रहरीले बेग्ला बेग्लै झुण्ड बनाई रातको समयमा नेपालको चोर नाकाबाट नेपाल प्रवेश गराएको बताउँछन् उनिहरु । नाका पार गरेर नेपाल प्रवेश गरेका उनिहरुलाई नेपालगन्जको विभिन्न क्षेत्रबाट स्थानिय, जनप्रतिनिधि तथा प्रहरीले समातेर त्यहाँ पुर्‍याएका हुन ।

उनिहरुलाई बिहानको खाजा र खानाको व्यवस्था नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र वडा नम्बर १७ का अध्यक्ष अजय पाठकले गरेका थिए ।आफुले उनिहरुलाई चाहेर पनि नेपाल प्रवेश गराउन नसकेको बताउछिन नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर । उनले खाना, खाजा र पानीको व्यवस्थापन भन्दा अरु केही गर्ने आफुसङ्ग अधिकार नभएको बताईन ।

उनका अनुसार यसरी बिचल्लीमा परेकाहरुमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन ।बिचल्लीमा परेका मध्येमा एक जना दृष्टिबिहिन, पाँच जना ५ बर्ष मुनिका बालबालिका र तीन महिला रहेका छन ।

प्रतिक्रिया