व्याज ,महशुल र शुल्क मिनाहा गर्न नेकपा पञ्चपुरीको अपिल

खगेन्द्र हमाल

सुर्खेत: विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले विश्व मानव समुदायलाई नै कडा चुनौती दिईरहेको यो दुखद परिस्थितिमा नेपाल सरकारले चैत ११ गते देखि २५ गते सम्माको लागि सिङ्गो देशभरी लकडाउन घोषणा गरेको छ।

कोरोना भाईरसको संक्रमणबाट आफू पनि बचौ र अरुलाई पनि बचाउने उदेश्यका साथै सरकारले घोषणा गरेको लकडाउनको पालना गरि समय अवधिभर घरमै बस्न,भेला जमघट नगर्न,अत्यावश्यक कामका लागि बाहिर जानू परेमा शुरक्षाका उपायहरू अपनाउन सम्पुर्ण पन्चपुरी नगरपालिका बासिलाई निर्देशन दिएको नेकपा पन्चपुरि नगर कमिटी सचीव केशव शाहिले जानकारी दिनुभयो ।

लामो समयको लकडाउनका कारण दैनिक ज्यालामा निर्भर तथा निम्त आय भएका नागरिकहरुका लागि नेपाल सरकारले विभिन्न क्षेत्रलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियताका कार्यक्रमहरु अघि सारेको छ।

यसलाई कार्यनयन गर्न त्यस्ता नागरिकहरुको तथ्यांक एकिन गरि एकद्वार प्रणाली मार्फत सरोकारवाला सबैको समन्व र सहयोगमा तत्काल खाद्यान्न आपूर्ति तथा राहत ब्यवस्थापनको लागि पहल गर्न पन्चपुरी नगरपालिकाको कार्यलयलाई ध्यानाकर्षण गराएको सचीव शाहिले जानकारी दिनुभयो।

आम जनताहरुको पिडा र समस्याहरुलाई मध्यनजर गर्दै लकडाउन अवधिसम्मको बित्तीय सस्थाहरुको ब्याज,खानेपानी तथा विद्युतको महशुल र नजि शिक्षण सस्थाहरुको शुल्क मिनाहा गरिदिन सम्बन्धित सस्थाहरुलाई अनुरोध गरेको पनि सचिव शाहीले जानकारी दिनुभयो ।

कोरोना भाईरस महामारी विरुद्धको यो विश्वयुद्धमा देश र जनताको सेवामा आफ्नो ज्यानको बाजि राखेर निरन्तर खटिरहनुभएका स्वास्थ्यक्रमी तथा सुरक्षाक्रमीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणको समुचित वितरण मार्फत स्वास्थ्यकर्मी एवंम उपचारमा संलग्न ब्यक्तिहरुको मनोबल उच्च बनाई परिक्षणको दायिरा बढाउनका साथै बिमा,सेवा,सुविधा,सुरक्षाको उचित प्रबन्धको लागि सम्बन्धित तिनै तहको सरकारलाई जानकारी गराएको सचीव शाहीले बताउनुभयो ।

प्रतिक्रिया