भारतमा पूलबाट खसेर एक नेपालीको मृ’त्यु, श’व ल्याउन समस्या

admin

दार्चुला, १९ चैत : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृ’त्यु भएको छ । मार्मा गाउँपालिका-२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृ’त्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृ’त्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृ’त्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाए । नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा श’व ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृ’तकका आफन्तले आग्रह गरेका छन् ।

मृ’तकका आफन्त चिन्तन ठगुन्नाले भने, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौं, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो । भारतमा मजदुरको मृ’त्यु भएका कारण अहिले श’व नेपाल ल्याउनै समस्या भएको छ ।”

प्रतिक्रिया