कोरोनाबाट विश्वमा ४२ हजार ३४४ को ज्यान गयो, आठ लाख ६० हजार १६६ सङक्रमित

admin

काठमाडौं, १९ चैत : कोरोना भाइरस (कोभिड-१९) नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ४२ हजार ३४४ पुगेको छ ।

पछिल्लो विवरणअनुसार संसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेको छ ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा एकै दिन मंगलबार मात्र ८३७ नागरिकको ज्यान गएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य ।
इटालीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को ज्यान गएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् ।

स्पेनमा ९५ हजार ९२३ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ४६४ को ज्यान गएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा १ लाख ८८ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को ज्यान गएको छ । यसैबीच ७ हजार २५१ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५२३ को ज्यान गएको छ । यसैबीच ९ हजार ४४४ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३१२ को ज्यान गएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।

इरानमा ४४ हजार ६०५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८९८ को ज्यान गएको छ । यसैबीच १४ हजार ६५६ निको भएर फर्किएका छन् ।

बेलायतमा २५ हजार १५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७८९ को ज्यान गएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

जर्मनीमा ७१ हजार ८०८ कुल सङ्क्रमित भएका छन् भने, ७७५ को ज्यान गएको छ । यसैबीच १६ हजार १०० निको भएर फर्किएका छन् ।

बेल्जियममा १२ हजार ७७५ कुल सङ्क्रमित भएका छन् भने, ७०५ को ज्यान गएको छ । यसैबीच १ हजार ६९६ निको भएर फर्किएका छन् ।

प्रतिक्रिया