७ सय मजदूर घर फिर्ता

राष्ट्रिय समाचार समिति

नुवाकोट, २० चैत: कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले लकडाउन र स्थानीय प्रशासनले नि*षेधाज्ञा जारी गरेपछि जिल्लामा विभिन्न आयोजनामा कार्यरत अलपत्र मजदूरलाई आआफ्ना घरमा पठाइएको छ ।

पहिलो पटक सरकारले गरेको एक साताको लकडाउनलाई थप गरेर चैत २५ गतेसम्म बढाएपछि जिल्लाका कार्यरत मजदूरलाई निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरेर पठाएका हुन् । सम्पूर्ण निर्माणका काम ठप्प भएपछि मजदूर कामविहीन हुनाका साथै खान र बस्नसमेत कठिनाइ भएपछि उनीहरुकै जिल्लामा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म जिल्लामा विभिन्न विकासनिर्माण योजनाका काम गरिरहेका २७ निर्माण कम्पनीसँग सम्बन्धित ६९५ मजदूरलाई घर पठाइएको छ ।

प्रतिक्रिया