दुःख खेप्दै सीमामा अलपत्र नेपाली

राष्ट्रिय समाचार समिति

सुर्खेत, २० चैत्र: “चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ नै । खाना नपाएर भोक भोकै सडकमा बस्नु परेको छ । के हामी सीमा क्षेत्रमा दुवै देशका प्र*हरीको दु*व्र्यवहार खेपेर बस्नुपर्ने हो ?” रासससँग कुरा गर्दै जमुनाह नाका नेपालगञ्जबाट सिञ्जा गाउँपालिका ५ जुम्लाका जनक शाहीले दुखेसो व्यक्त गर्नुभयो ।

उहाँका अनुसार भारतका विभिन्न प्रान्तबाट काम गरेर फर्किएका मध्यपश्चिम नेपालका १५ जिल्लाका १७२ नेपाली बाँके जमुनाह नाकामा चार दिनदेखि अलपत्र छन् । अलपत्र नेपालीको भिडियो, फोटो खिच्न धेरै पत्रकार र प्रशासनका मान्छे आएपनि आफूहरुको उद्धार नभएको पीडित शाहीले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ न नेपालको प्र*हरीले नेपाल पस्न दिन्छ नत भारतीय प्र*हरीले फर्कन । न खान पाएका छौ नत पानी पिउन नै । यस्तो हालत सामाजिक सञ्जाल, मिडियामा आएको र प्र*हरी प्रशासनले थाहा पाउँदा पनि किन हामीमाथि वेवास्ता ? संकटमा अरु देशले आफ्ना नागरिकहरु उद्धार गरिरहेको बेला हाम्रो सं*कट किन बुझ्दैन सरकार ?”

उहाँका अनुसार जमुनाह नाकामा हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, अर्घाखाँचीलगायत १५ जिल्लाका नागरिकहरु फसेका छन् । नेपाल सरकारले चैत्र १८ गतेसम्म घोषणा गरेको लकडाउन खुल्ला र मातृभूमि पुगौंला भनेर राखेको आशा लकडाउन थपिएपछि निराशामा परिणत भएको पीडित शाहीले बताउनुभयो ।

“नेपाल प्र*हरी भारत फर्क भन्छ, भारतीयले नेपालीलाई पि*टेरै लखेट्छ । दैनिक अपमान खेपिरहनु परेको छ,” हिमा गाउँपालिका ५ जुम्लाका बलबीर रोकायाले भन्नुभयो । सरकारले बरु चाँडो नेपालमा लिएर आफूहरुलाई क्वारेन्टाइनमा राखिदिनुपर्ने उहाँले आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउनको समयमा दुवै देशले जहाँबाट नागरिक आएको त्यही देशले व्यवस्था गर्ने नेपाल र भारत सरकारले सहमति गरेको निर्णय अनुसार व्यवस्थापनको काम भइरहेको राससलाई बताउनुभयो ।

प्रजिअ खड्काले भन्नुभयो, “सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतले लिएर क्वारेन्टाइनमा राख्न सहमत भएको छ तर उनीहरुले मानेका छैनन् । भारतमा गएर क्वारेन्टाईनमा बस्न हामीले धेरै प्रयास ग¥यौँ तर मान्नु भएन । खानपीनको त्यस्तो समस्या छैन ।” आज उहाँहरुको समस्या जसरी भएपनि समाधान गरिँने जनाउँदै उहाँले नेपाल सरकारको निर्णय भएकोले यहाँबाट व्यक्तिले चाहेर केही नहुने उहाँले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणाले अन्तरराष्ट्रिय सीमा नाका भएकोले यो समस्याको समाधान गर्ने कुरा स्थानीय सरकारको वशमा नरहेको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले सीमामा अलपत्र नेपालीलाई स्थानीय सरकारसहित आसपासका गाउँलेले पनि खानपिनमा सहयोग पु¥याएको जनाउनुभयो ।

प्रतिक्रिया