आ*गोलागीबाट घर गोठ ज*लेर नष्ट

राष्ट्रिय समाचार समिति

तुलसीपुर, २० चैत : दाङमा आ*गलागीबाट तीन घर ज*लेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं ६ मनिकापुुरमा आज अपराह्न करिब ४ः०० बजेतिर आ*गलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर ज*लेर नष्ट भएको जिल्ला प्र*हरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय विष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर सुुनारको गोठ, कृष्णबहादुुर सुुनारको घर र पसल तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर ज*लेर नष्ट भएको जिल्ला प्र*हरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

आ*गलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, काठ तथा फर्निचर एवं महत्वपूर्ण कागजात ज*लेर नष्ट भएका छन् । गढवा गाउँपालिका र लमही नगरपालिकाको दमकल, इलाका प्र*हरी तथा स्थानियको सक्रियतामा आ*गो नियन्त्रणमा लिइएको थियो ।

आ*गलागीबाट भएको क्षतिको यकीन विवरण अझै आएको छैन । स्थानीय भक्तबहादुुर सुुनारको गोठ नजिकै विद्युुत्को ट्रान्सफार्मर रहेको र सोको फ्युुजबाट निस्किएको झिल्काले आ*गलागी भएको प्र*हरीले बताएको छ ।

प्रतिक्रिया