कोरोना सारिदिएको भन्दै नर्सले गरे चिकित्सक प्रेमिकाको ह*त्या

admin

इटलीमा एक नर्सले आफूलाई कोरोना सारिदिएको भन्दै प्रेमिकाको ह*त्या गरेका छन् । उनकी प्रेमिका चिकित्सक थिइन् । २७ वर्षिया डाक्टर लोरेना क्वारन्टाको ह*त्या गरेपछि उनका प्रेमी एन्टोनिया डी पेस आफैंले प्र*हरीलाई खबर गरेका थिए । उनीहरु दुवै सिसिल्लीस्थित एउटै अस्पतालमा काम गर्थे ।


मंगलबार बेलुकीतिर डी पेसले प्रहरीमा फोन गर्दै आफ्नी प्रेमिकाको ह*त्या गरेको बताएका थिए । प्र*हरी घटनास्थल पुग्दा अपार्टमेन्टको भुईंमा क्वारन्टाको शव लडिरहेको थियो । साथै डि पेसले आफ्नै दुई हातका नाडी पनि काटेर छट्पटाइरहेका थिए । त्यसपछि उनलाई तुरुन्तै अस्पताल पुर्‍याइयो ।

अस्पतलामा प्र*हरीलाई बयान दिँदै उनले भने, ‘उनले मलाई कोरोनाभाइरस सारिन्, त्यसैले मैले उनलाई मारेको हुँ ।’ तर, चिकित्सकहरुले गरेको पहिलो परिक्षणमा भने दुवैलाई कोरोना संक्रमण देखिएको छैन । बुधबार गरिएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया