९ तला ढलानपछि धरहरा पुननिर्माण रोकियो

admin

काठमाडौं: सुन्धारास्थित पुननिर्माण जारी धराहरा परिसरमा एक साताअघि फरक दृश्य थियो । त्यहाँ दुई सय बढी कामदार धमाधम पुननिर्माणमा थिए । पुननिर्माणमा आवश्यक सामाग्री बोकेका सवारी चलिरहेका हुन्थे । कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका सल्लाहकार अनुगमनमा आइरहन्थे ।


अहिले दृश्य फेरिएको छ । ९ तला ढलान सम्पन्नपछि १० औं तलाको ढलान जारी रहँदा विश्वभर महामारीको रुपमा फैलिएको संक्रमणको प्रभाव धराहरा पुननिर्माणमा समेत परेको छ । जसका कारण काम ठप्प छ ।

१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणक्रममा १० औं तलाको ढलान जारी रहँदै रोकिएको हो ।

प्रतिक्रिया