भरतपुर अस्पतालमा आज ज्यान गुमाएकी युवतीको स्वाब परीक्षण गरिने

admin

काठमाडौं, २१ चैत : भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ’त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृ’त शरीरलाई छुट्टै सुरक्षित राखिएको छ ।

परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं ल्याइनेछ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृ’त्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए ।

युवतीको मृ’त्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनले जानकारी दिए । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका-२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।

अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृ’त्यु हुने गरेको उनले जानकारी दिए । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृ’त्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो ।

प्रतिक्रिया