लायन्स क्लब अफ गजुरीद्धारा पिपिइ र माक्स हस्तान्तरण

admin
  • बिकास रौनियार

धादिङ: गजुरी गाँउपालिका वडा नं १ मा रहेको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको कोरेनटाईन बसेको कोरोना(COVID-19) संक्रमीत बिरामीहरुको उपचार तथा चेकजाँच सहज होस् भनी लायन्स क्लब अफ धादिङ (गजुरी) ले २ सेट पिपिइ , माक्स तथा फेस सिल्ड उपलब्ध गराएकोछ ।

उक्त सामाग्री लायन्स क्लब अफ धादिङ गजुरी को अध्यक्ष पदम श्रेष्ठ र सोहि क्लबका सदस्य संजय  श्रेष्ठले गजुरी गाँउपालिका का अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर खगेंद्र श्रेष्ठ लाई हस्तान्तरण गरिएको छ।

त्यसै गरी ईलाका प्रहरी कार्यालय गजुरीलाई पनि लायन्स क्लब अफ धादिङ गजुरीले ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी खगेंद्र बहादुर खड़का लाई सुरक्षाको लागि PPE – १ सेट हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया