काठमाडौँ, २५ चैत : सङ्कटको समयमा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् भन्ने कुराको पुष्टि भएको छ । नेपाल प्र*हरीले आज ज्वरो नाप्ने थर्मल गनको का*लोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई प*क्राउ गरेको छ ।
महानगरीय अ*पराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा का*लोबजारी गरेको अभियोगमा प*क्राउ गरिएको हो । रु पाँच हजार पर्ने सो उपकरणलाई रु १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्र*हरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो ।
एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ । प्र*हरी अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।