उपत्यकासहित देशका विभिन्न स्थानमा हुरीबतास

admin

काठमाडौं, २७ चैत : काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा बिहीबार दिउँसोपछि हुरीबतास चल्ने मौसमविद्ले बताएका छन् ।

मध्य र पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पनि पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् । उनका अनुसार बिहीबार काठमाडौं उपत्यकामा भने पानी पर्ने सम्भावना निकै कम छ ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ हावाहुरी र चट्याङ सहित पानी पर्नु प्रिमनसुनको विशेषता भएको,  दिउँसोपछि हावाहुरी चल्नु प्रिमनसुन अर्थात् मनसुनअघिको अवस्थाको विशेषता हो । यो बेलामा जाडो कम हुँदै गर्मी बढ्ने भएकाले हावाहुरी चल्ने मौसमविद् मानन्धरको भनाइ छ ।

प्रतिक्रिया