प्रधानमन्त्री र विशिष्ट व्यक्तिविरुद्ध अफवाह फैलाउने दुईजना प*क्राउ

admin

काठमाडौं, चैत २७ : प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्र*हरीले प*क्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुँनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका ५ ठेगाना भएका ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन्।

ताराले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्ति तथा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्र*हरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्र*हरीले उनीलाई छुट्टाछुट्टै स्थानबाट प*क्राउ गरेको हो।

उनीहरू उपर विद्युतीय कारोबार ऐन, २०६३ विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने ‘विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोकलगाएका सामग्री’ प्रकाशन गरेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।

प्रतिक्रिया