२२ कैदीबन्दी रिहा

राष्ट्रिय समाचार समिति

धादिङ, २७ चैत : कोभिड –१९ को सम्भावित जोखिम रोक्न जिल्लाका २२ कैदीबन्दी रिहा भएका छन् । फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम समय कैद सजायँ भुक्तान गर्न बाँकी कैदीलाई सजायँ भुक्तान हुन बाँकी समयको प्रत्येक दिनको रु तीन सयका दरले राजश्व दाखिला गरेपछि कैदीबन्दी छुट्ने व्यवस्था रहेको जिल्ला कारागार शाखाका प्रमुख गंगाराम योगीले जानाकारी दिनुभयो ।

कारागारबाट छाडिएकामा चार महिला तथा १८ पुरुष छन् । यसबाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको छ ।

प्रतिक्रिया