कैलाली, २७ चैत : धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चो*री गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज प*क्राउ गरेको छ । कारागार नजिकै रहेको सुनचाँदी पसलबाट गएराति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई प*क्राउ गरिएको जिल्ला प्र*हरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नतेले जानकारी दिनुभयो ।
गुप्ताले घरको छतमा रहेको पानी ट्याङ्कीभित्र लुकाएका अवस्थामा चो*रीका सामान बरामद गरिएको प्र*हरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । सुनचाँदी पसलका सञ्चालक वर्माका अनुसार रु १० लाख जतिका गहना चो*री भएको छ ।
कारागार जाने बाटो चोकमा ठेला राखी फलफूल तथा तरकारी बिक्री गर्दै आएका निज पप्पुमाथि यसअघि पनि ला*गुऔषधसम्बन्धी सार्वजनिक अ*पराधमा मु*द्दा चलेको बताइएको छ । यस्तै उपमहानगरपालिकाकै फूलबारीमा पाँच जनाको घरबाट पनि पानी तान्ने मोटर चो*री भएको बताइएको छ ।