लकडाउनको बेला से*क्समा संयमित जरुरी: मनोबिद ढकाल

admin
  • गोपाल ढकाल,मनोबिद

कोरोनाको प्रकोप पछि बिश्व नै लकडाउनको अबस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन । मानिसको दैनिकिमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारिरमा मात्र पर्ने होइन ब्यक्तिको सोच , बिचार भावना , व्यवहार , सम्बन्ध , यौ*न जीवन आदि जस्ता कुरामा पनि परेको छ । मानिसको लागि अन्य आधारभुत आबस्यकताका बस्तु झै से*क्स पनि अति आबस्यक कुरा हो । तर अहिलेको लकडाउन र सेल्फ क्वारेन्टाइनले यौ*नको परिपुर्तिमा असर गरेको अनुमान गर्न सकिन्छ ।

कोरोना एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने भएकोले यौ*न जोडि मध्ये कुनै एक यदि कोरोनाको संक्रमित भएको रहेछ भने अर्को यौ*न पाटनरलाई सर्ने जोखिम हुन्छ । यौ*न क्रीयाकलापको दौरान गरिने स्पर्श , चुम्बन आदिले त जोखिम झनै बढाउछ । इटालीमा एक जना प्रेमीले आफुलाई कोरोनाको संक्रमण सारेको भन्दै आफ्नो डाक्टर प्रेमिकाको ह*त्या गरेको दुखद समचार आएको छ । यथापी कोरोना यौ*न सम्बन्धबाट सर्ने रोग भने होइन ।

यौ*न ज‍ोडिहरु जे लामो समय देखि सगै बसि रहेका छन र दुबैमा कोरोनाको कुनै लक्षण र आशंका देखिएको छैन भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौ*न सम्बन्ध राख्न कुनै कठिनाई हुदैन । तर यस्तो समयमा अपरिचित , परपुरुष तथा परस्त्रिसगँको यौ*न सम्बन्ध जोखिम पुर्ण नै हुन्छ । कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा बैकल्पिक उपायका साधनहरुको प्रयोग बढेर गएको छ । बिश्बमा नै अहिले यौन खेलौनाको बिक्री माग बढेको तथ्यांक देखिन्छ । पोनसाईड भिजिट गर्नेको संख्या बढेको तथा पोनस्टारहरुको कमाई र माग बढेको समचारहरु आईरहेका छन ।

लकडाउनको समयमा अहिले ब्यक्ति फुर्सदिलो भएको छ । के गरेर समय बिताउने धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सूजनशिल रुपमा बिताउन नजान्दा सेक्समा अझ बढि ध्यान जान सक्छ । धेरैलाई कोरोनाको डर त्रासले तनाब बढाएको छ । तनाबको बेला अन्य कार्यमा रुचि नजाने र यौ*नलाई नै अानन्द र मनोरञ्जनको माध्यम बनाउने जोखिम पनि बढछ । यौ*न सम्पर्कको बेला मष्तिश्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिन जस्ता खुशी र आनन्द दिने रासायनिक तत्बको उत्पादन हुन्छ ।

यस कारण पनि यस्तो अबस्थामा ब्यक्ति सेक्स प्रती लालायित हुन पुग्छ । यौन क्रीयाकलापमा यौ*न जोडि बिच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ ।लामो समय देखिको तनाबले यौनजोडिमा यौन क्षमता तथा चाहना कम भएको हुन सक्छ । कोरोनाको भय त्रासको कारण यौ*न जोडि तनाबमा हुन सक्छ । असुरक्षित महसुस गरिरहेको हुन सक्छ । भबिस्यलाई लिएर चिन्ता गरिरहेको हुन सक्छ । यस्तो अबस्थामा रिस, आबेग, चिटचिटापन बढेर जान्छ । बिपतिको यस्तो अबस्थामा यौन जोडिले एकले अर्काको ख्याल गर्नु पर्छ । भावनाको कदर गर्नु पर्छ ।

एक अर्कोको सहमति र ईच्छा बिपरित यौ*न कार्य गर्नु हुदैन । त्यसले बैबाहिक सम्बन्धमा समेत समस्या उत्पन्न हुनसक्छ । यौ*न हिंसा तथा घरेलु हिंसाको करण बन्न पुग्छ । कोरोनाको डर त्रा*स तनाबलाई बिर्सन र*क्सिको साहरा लिने गरेको पाईन्छ । नशामा भएको बेला ब्यक्तिमा यौ*न उ*त्श्रिखलता बढछ । जसले यौ*नमा जोर ज*बर्जस्ती तथा यौ*न हिं*सा बढाउन सक्छ ।

लकडाउनको समयमा बिश्वभरी नै महिला हिं*सा , यौ*न हिं*सा बढेर गएको तथ्यांकले देखाएको छ । पारपाचुके गर्नको लागि निबेदन दिनेहरु बढेको समचारहरु आईरहेका छन । यी घटनाहरु बढनुको पछाडि एउटा कारण लकडाउनका बेला यौन जिवनलाई संयमित बनाउन नजान्नु कै परिणाम हुन सक्छ । बिपत्ति , रोगको संक्रमण बढेका बेला राखिने यौ*न सम्बन्ध असुरक्षित पनि हुन सक्छ ।

चाहना नगरेको ग*र्भ रहन सक्छ जसले दुबै यौ*न जोडिलाई थप तनाब थपिदिन्छ । ईच्छा नहुदा नहुदै गर्भ रहयो र बच्चा जन्माउनु पर्यो भने त्यसले आामा र बच्चा दुबैको शारिरिक तथा मानसिक स्बास्थ्यमा असर पुर्याउछ । प्लान नगरेको बच्चालाई जन्माउनु पर्दा बच्चा जन्मिसकेपछि आमालाई पोष्टनेटल डि*प्रेसन हुने जोखिम बढछ ।

अर्कोतर्फ लकडाउन भन्दा अगाडि कामको ब्यस्तता , दौड धुपका कारण धेरैको यौ*न जीवन तहस नहस भएको पनि हुन सक्छ । यसलाई अबसरको रुपमा लिनु पर्छ । शरिरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन , मनलाई पनि एक बनाउन सहयोग गर्छ । भाबनात्मक रुपमा एक अर्कोलाई नजिक त्याउछ । आफ्नो पनको महसुस अझबढि हुन थाल्छ । आत्मबल बढेर जान्छ । शरिरमा फुर्ति , जोस जागर बढछ । तसर्थ अहिलेको बिपत्तिको अबस्थामा पनि सुरक्षित र संयमित यौ*नलाई भने प्रोत्साहन गर्नुपर्छ ।

प्रतिक्रिया