लकडाउनका कारण भोक र प्यासले व्याकुल कुकुरहरु पानी समेत पिउन पाउदैनन्

admin

काठमाडौं, कोरोना भाइरसको महामारीबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण सबैभन्दा धेरै समस्या आफूलाई नै परेको भन्ने भान हामी सबैलाई परेको छ ।

रोजगारी गुमेपछि कतिन्जेल धानौला र बाँकीका व्यवहार कसरी टारौला भन्ने दुविधामा हामी सबै नै परेका छौं। यधपी यो लकडाउनको बेलामा कोहि पनि मान्छे भोको बस्नु परेको भने छैन ।

सरकार र गैर सरकारी संस्था अनि सहयोगी मनहरुको आँखाले देखे भ्याए र सके जति मानिसहरुलाई सरसहयोग गरिरहेकै छन् ।

मानिस त बोल्न सक्छन अनि आफ्नो पिडा पोख्न सक्छन तर यो विषम परिस्थितिमा मानिसका अति नजिक अनि बफादार मानिने कुकुरहरु भने भोक र तिर्खाले छट्पटाइ रहेका छन्।

विशेषतः काठमाडौं लगायत देशका ठुला शहरका पसल र सडकमा फालिएका खाने कुरा खाएर बाँचिरहेका यी कुकुरहरु अहिले भने साच्चैं भोक भोकै मर्नुपर्ने अवस्थामा पुगेका छन्।

एकातिर भोकै बाच्नुपर्ने बाध्यता त छदै छ अर्कातिर यस्ता कुकुरहरु समेत कोरोना भाइरसबाट संक्रमित हुने जोखिम समेत बढ्दो छ।

बिबिसीले लेखेको छ मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिनलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना कुकुर र बिराला घरभित्रै राख्न सुझाव दिएका छन्।

दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्।

हालै न्यूयोर्कको ब्रोङ्क्स चिडियाखानाको बाघमा त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएको थियो ।

पशु चिकित्सकहरूले बिराला र कुकुर जस्ता घरपालुवा जनावरबाट तिनका मालिकमा भाइरस सर्ने जोखिम कमै भएको पाइए पनि तिनलाई घरभित्रै राख्न सुझाव दिएका छन् ।

प्राय मान्छे नदेखिने सुनसान सहरका सडकमा आजकाल यी भोका कुकुरहरु भने कोहि आएर केहि खान दिन्छन् कि भनेर दिनभरी कुरीराख्ने गर्दछन् ।

स्नेहाज केयर, कउअब नेपाल अनि केहि व्यक्तिगत तवरबाट यस्ता कुकुरलाई दैनिक खाना खुवाउने गरेको भने देखियो तर के यो पर्याप्त छ ।

हामीले भाग्यवश केहि यस्ता खाना खुवाइरहेको दृश्य देख्ने अनि आफ्नो क्यामेरामा कैद गर्ने मौका पायौं ।

स्नेहाज केयर नेपालका थुप्रै प्रतिनिधिहरु भृकुटी मण्डपमा आएर खाना बाड्दै थिए तर ति खाना भने कुनै व्यवस्थित प्लेट वा कचौरामा दिइएको थिएन ।

सिधै सडकमै पस्किएको थियो त्यसमाथि पनि ठुला र दरिला कुकुर हरु हांपर झांप गर्दै ति खाना खादै थिए भने निर्दा कुकुरहरु टुलुटुलु हेरेर बसेका थिए ।

खाना खाईसकेपछि ति कुकुरहरुलाई पानी खाने व्यवस्था भने थिएन । त्यस्तै एकजना जनावर प्रति अगाध सद्भाव राख्ने नेहा श्रेष्ठले दिएको खाना भने यसप्रकार थियो । नयाँ बानेश्वरमा मध्यराति चोक कै स्थानीयले पनि केहि कुकुरलाई यसरी खान दिएका थिए।

राज्यको आँखाले देख्न नसकेको बेला भोक भाकै बसेका यी कुकुरहरुलाई जे जस्तो तरिकाले खानेकुरा दिए पनि त्यो महान मानवीय कार्यको हामी नमन गर्दछौं तर पशु अधिकारको ठुला-ठुला कुरा उठाउने पशु अधिकारकर्मीहरुले भने यो भिडियो हेरेर यी जनावरहरुलाई उचित खाना र पानीको व्यवस्था गर्नुहुन्न हामी सहृदय आग्रह गर्दछौं ।

भलै जनावरमा कोरोनाका कारण कुनै महामारी अहिलेसम्म देखिएको छैन तर यस्तै अवस्था रहे उनीहरुमा पनि कुनै न कुनै समस्या अवश्य फैलिनेछ।

बाँकी भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया