भोली नयाँ वर्षको दिन देशका केही ठाउँमा हुरीबतास सहित वर्षा हुन सक्ने

admin

काठमाडौं, ३० चैत : नयाँ वर्षको दिन सोमबार पहाडी क्षेत्रको केही ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको आंशिक प्रभावले सोमबार पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् ।

उनका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ । आइतबार भने पहाडी क्षेत्रको एक दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि उनले बताईन् ।

यो प्रिमनसुन अर्थात मनसुनअघिको मौसमको विशेषता हो ।  एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । आइतबार तराईको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

प्रतिक्रिया