कोरानोनाबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै अमेरिकामा

admin

काठमाडौं, ३० चैत : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसबाट पीडित हुनेमा पनि सर्वाधिक अगाडि परेको छ ।

शनिबार सार्वजनिक भएको तथ्यांक अनुसार अमेरिकामा २० हजार भन्दा बढीको मृ’त्यु भएको छ भने सबैभन्दा धेरै मानिसको मृ’त्यु हुने शहरमा न्युयोर्क परेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अमेरिकामा २० हजार ५८० जनाको मृ’त्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या पनि ठूलो छ । अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा पाँच लाख ५३ हजार ११५ पुगेको छ । तीमध्ये झण्डै दुई लाख जना न्युयोर्कका रहेका छन् ।

तर पछिल्लो समय भने न्युयोर्कमा संक्रमितको संख्यामा कमी आएको बताइएको छ ।  संक्रमित हुने र मृ’त्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यहरुमा अहिले सं’कटकालको घोषणा गरिएको छ ।

लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोकेका छन् ।

ट्रम्पले अवस्था सामान्यीकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूची सहितको आफूले गर्नुपर्ने अहिलेसम्मकै ठूलो निर्णय लिने बताएका छन् ।

कोरोनाका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृ’त्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा १९ हजार ४६८ जनाको मृ’त्यु भएको छ । संक्रमितको संख्यामा भने स्पेन दोस्रो अग्रस्थानमा रहेको छ ।

इटलीमा संक्रमितको संख्या एक लाख ५२ हजार २७१ रहेको बेलामा स्पेनमा भने एक लाख ६३ हजार २७ रहेको छ । स्पेनमा मृ’त्यु हुनेको संख्या १६ हजार ६०६ रहेकाले कोरोनाका कारण मानवीय क्षती धेरे बेहोर्नेमा स्पेन तेस्रोमा रहेको छ ।

यो समाचार तयार पार्दासम्म धेरै नागरिक संक्रमित भएका देशहरु मध्येमा फ्रान्स चौथोमा, जर्मनी पाँचौमा, चीन छैठौँमा, बेलायत सातौमा, इरान आठौमा, टर्की नवौँमा र बेल्जीयम दशौँमा रहेको छ ।

पछिल्लो विवरण अनुसार संक्रमितको संख्या फ्रान्समा एक लाख २९ हजार ६५४, जर्मनीमा एक लाख २५ हजार ४५२, चीनमा ८२ हजार ५२, बेलायतमा ७८ हजार ९९१, इरानमा ७० हजार २९, टर्कीमा ५२ हजार १६७ र बेल्जीयममा २८ हजार १८ रहेको छ ।

त्यसैगरी मृ’त्यु हुनेको संख्या फ्रान्समा १३ हजार ८३२, जर्मनमा दुई हजार ८७१, चीनमा तीन हजार ३३९, बेलायतमा नौ हजार ८७५, इरानमा चार हजार ३५७, टर्कीमा एक हजार १०१ र बेल्जीयममा तीन हजार ३४६ रहेको विवरण सार्वजनिक भएको छ ।

यो समाचार लेख्दासम्म विश्वभरी १७ लाख ८१ हजार ४६९ जना संक्रमित भएका छन् भने दश लाख आठ हजार ८८३ जनाको मृ’त्यु भएको छ । कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१० देशमा पुगेको छ ।

प्रतिक्रिया