काठमाडौं, १ वैशाख : रौतहटमा पनि कोरोना सङ्क्रमित भेटिएका छन् । आज (सोमबार) मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका छन् ।
पुष्टि भएका दुवैलाई अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।