काभ्रेका दुइ जनामा भेटियो कोरोना पोजेटिभ

admin

धुलिखेल, २ बैशाख, काभ्रेमा गरिएको र्‍यापिड टेष्टमा दुइ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा गरिएको र्यापिड टेष्टमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् ।

बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको पाइएको बेथानचोक गाउाँपलिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सीनाले बताउनुभयो । तिमल्सीनाका अनुसार उनी भारतबाट घर फर्किएका थिए ।

त्यस्तै आजै मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँकाका २१ वर्षीय एक यूवकलाई पनि कोरोना भाइरसको संक्रमण वडा अध्यक्ष दिलबहादुर तामाङले बताए । उनी दुबैबाट आएका थिए । तर जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले भने पुष्टि गरेको छैन ।

ल्याबको आधिकारिक रिपोर्ट नआउँदासम्म आफुले पुष्टि गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

 

प्रतिक्रिया