पुण्य गौतम आ’त्मह’त्या प्रकरण : फेसबुक लाइभमा बोले यस्ता झुठहरु !

admin

काठमाडौं, आफ्ना मागहरु पुरा नभए राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मिडियाहरु बोलाएर बैशाख १ गते आ’त्मह’त्या गर्छु भनेर सरकार समक्ष चेतवानी प्रस्तुत गर्ने पुण्य गौतम बैशाख १ गते दिनभर सम्पर्क बिहिन भएका थिए । सोहि क्रममा उनी बैशाख १ गते दिनभर नै विभिन्न ट्रोलको शिकार भइरहे ।

सम्पूर्ण नेपालीहरु पुण्य गौतमको जवाफको प्रतिक्षामा रहेका थिए । यधपी हामी यो चाहदैनथ्यौं कि पुण्य गौतम जस्तो राजनैतिक र शैक्षिक चेत भएका मान्छेले आ’त्मह’त्या गरुन् । आ’त्मह’त्या आफैँमा एउटा जघन्य अपराध हो ।  आ’त्मह’त्या समस्याको समाधान पक्कै होइन र पुण्य जत्तिको शिक्षित प्राणीले आ’त्मह’त्याको बाटो रोज्नु कायरताको पराकाष्ठा पनि हो ।

हामीले आशा गरेझैं उनले आ’त्मह’त्या गरेका छैनन् र २ गते बिहानै उनि लाइभ मार्फत सबै दर्शक माझ एकपटक फेरी देखापरेका छन् । उनले आ’त्मह’त्या गर्छु भन्नु र आ’त्मह’त्या नगरेको कारण बारे जान्न हामी पनि लाइभमा उत्सुकताका साथ जोडियौं र एक घण्टा भन्दा बेसीको लाइभ हेरिरह्यौ । तर आफ्नो लाइभमा उनले प्रष्टै झुट मात्र बोलेनन् नेपाली कांग्रेसका नेताहरु माथि आरोप र आ’क्रोश समेत व्यक्त गरेका छन् ।

आ’त्मह’त्या नगरेकोमा हामी पुण्य गौतमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं तर दिनदहाडै खुलेआम झुठ बोल्दा भने पुण्य प्रतिको आम जनताको विश्वास के रहिरहला ? यो सोचनीय विषय हो। पुण्य गौतमले आफ्नो एउटा सानो झुठ लुकाउनको अन्य थुप्रै झुठको सहरा लिएका छन् । सबैभन्दा मुख्य झुठ त उनले आ’त्मह’त्या गर्छु भनेको भिडियो अप्रिल फुल मनाउन बनाइएको भिडियो हो भनेका छन् ।

त्यति मात्र नभई ष’ड्यन्त्र पूर्वक उक्त भिडियो लिक गरिदिएको समेत आरोप लगाएका छन् । वास्तवमा भने उक्त भिडियो अप्रिल फुल मनाउन बनाइएको थिइएन । सामाजिक अभियन्ता बिनय जंग बस्नेत संगको अन्तर्वार्तामा उनको असली चेहेरा बहिरा छताछुल्ल भएपछि उनले आफैँ केहि युटुबर साथीहरुलाई बोलाएर उक्त अन्तर्वार्ता दिएका थिए । त्यो भन्दा पनि अझ गतिलो सबुत त देशकै चर्चित युटुबर भाग्य न्यौपानेले उक्त भिडियोमा भ्वाइस ओभर नै गरेर बोलेका छन् ।

यधपी उनको अधिकारिक च्यानलमा भने अहिले यो भिडियो उपलब्ध छैन । अनाधिकारिक रुपमा विभिन्न फेसबुक पेज र युटुब च्यानलहरुमा यो भिडियो अहिले पनि सुरक्षित नै छ । पुण्य VS बिनय बहसको भिडियोसंग दाँज्ने हो भने यो भाइरल भएको भिडियो जुलाई २८, २०१९ तिरकै हो भन्ने आंकलन गर्न सकिन्छ । अप्रिल २०२० मा त यसलाई भाइरल मात्रै गराइएको हो।

अर्को झुठ बोलेका छन्, पुण्यले मेरो माग सरकारले एउटा मात्रै भएपनि पुरा गरिसकेको छ । त्यो हो एनसेल २३ अर्ब भुक्तानी । तर आधिकारिक रुपमा उपलब्ध पुण्य गौतमको भाइरल भिडियो हेर्दा उनले प्रस्तुत गरेका मागमा एनसेल लाभकारको विषय कँही पनि समावेश छैन ।

वि’षादी तरकारीको परिक्षण, गरिब तथा सुकुम्बासीको स्वास्थ्य सिक्षा र रोजगार, बेरोजगार युवालाई बेरोजगार भत्ता लगायत युटुबर मिडियाहरुको समेत हकहितका लागि प्रस्तुत गरेका मागमा एनसेल सम्बन्धि विषयबस्तु कँही कतै जोडिएका छैनन् ।

त्यस्तै उनले बोलेको अर्को कुरा म माथी देशी विदेशी शक्तिको ठुलो षड्यन्त्र भयो भनेका छन्। तर पुरै होशमा बोलेको यो भिडियो लिक गरेको नभई अधिकारिक रुपमा युटुब च्यानल मै प्रशारण गरिएको हुनाले यहाँ षड्यन्त्रको कुनै कुरै आउदैन ।

हामीले यति भनिरहँदा पुण्य गौतमले आ’त्मह’त्या गर्नुपर्थ्यो भन्ने मनशाय प्रकट गरेका भने कदापि हैनौं । पुण्य संगै लाइभमा देखिएका नरनाथ गौतमले पुण्य गौतम यो देशको भावी प्रधानमन्त्री हुनसक्ने व्यक्ति भनिरहँदा पुण्य आफ्ना बोलि प्रति बफादार होउन भन्ने मात्र हो ।

राजनीति हुनत त झुठकै महलमा ठडिने गरेको होला तर सामाजिक संजालका एक चर्चित पात्रले एउटा झुठ दबाउन अन्य थुप्रै झुठ बोल्दा भने अपाच्य लागेको छ। पुण्य गौतमजी तपाईंको छातीमा दम भए बर छाती ठोकेर भन्न सक्नुपर्थ्यो मैले देश जनता र मिडियाको हकहितका लागि बोलेको थिए । यधपी ति कानुन संवत थिएनन् र यो सरकारसँग मेरा माग सम्बोधन गर्ने हैसियत थिएन ।

प्रतिक्रिया