काठमाडौं, सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेसंगै हिजो बेलुकी अस्पतालबाट ड्युटी सकेर कोठातर्फ जाने क्रममा शिक्षण अस्पतालका तीनजना डाक्टरमाथि प्रहरीले कु’टपिट गरेको घ’टना बाहिर आएको छ।
अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कु’टपिट गरेको डाक्टरहरुले बताएका छन् । कोठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सोधपुछ गरेको र डाक्टर भनेर परिचय दिँदा प्रहरीले ला’ठीले डाक्टर सा’क्टर चिन्दैन भन्दै ला’ठी चार्ज गरेको डाक्टरहरु बताउँछन्।
प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आ’क्रमण गरेका हुन् । तर प्रहरीले भने डाक्टरलाई नकुटिएको दाबी गरेका छन् ।
राष्ट्रिय आवासीय चिकित्सक संघले आज एक विज्ञप्ती जारी गर्दै संघले बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरहरु ड्युटी सकेर निवासतर्फ फर्किदै गर्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले हात’पात गर्नुका साथै ला’ठी चार्ज समेत गरेको भन्दै आपत्ति जानेको छ।
हुनत प्रहरी समेत भोको पेट र मास्क बिनै जनताको सुरक्षाका अहोरात्र ड्युटीमा खटिएका छन् तर यसरि अ’ग्रपंतिमा बसेर आफ्नो ज्यानै जोखिममा राख्दै काम गरिरहेका डाक्टरहरुमाथि ला’ठी बर्षाउनु कत्तिको जा’यज हो ?
जनता भोकै रहँदा समेत सरकारलाई सहयोग गर्दै घरभित्रै लकडाउनमा बसिरहेको बेला प्रहरीले भने उ’ग्र ता’ण्डव देखाउनु शायद तपाई हामीले परिकल्पना गरेको कानुनी राज्यको अवाधराना भित्र पक्कै पर्दैन होला।
बाँकी भिडियो हेर्नुस् !