सिमकोट, ४ वैशाख: भारतबाट हुम्ला पुगेका नौ जनाको स्वाब परीक्षणका लागि प्रदेश राजधानी सुर्खेत पठाइने भएको छ ।
सिमकोट तल्लो बजार चर्चको क्वारेन्टानइनमा बस्दै आएका नौ जनाको आज कोरोना भाइरसको स्वाब संकलन गरी शुक्रबार बिहान सुर्खेत पठाउने तयारी भइरहेको क्वारेन्टाइन सूचना अधिकारी प्रजित बोहराले बताउनुभयो ।
भारतमा काम गरी जिल्ला फिर्ता भएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना लक्षण नदेखिए पनि नेपाल सरकारको नियमानुसार स्वाब संकलन शुरू गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।
आजदेखि भारतबाट आएका सबैको स्वाब लिन शुरु भएको छ । हुम्लामा अहिले ८८३ जना क्वारेन्टाइनमा बसेका छन् ।