महिलाले पैसा फालेर भागेपछि कोरोनाको शंकामा नोटलाई टेस्ट गरिने

admin

जनकपुरधाम, ५ बैशाख : शुक्रबार जनकपुरमा दुई महिलाले नोट फालेर भागेपछि त्रास फैंलिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ महावीर चौकमा अज्ञात दुई महिलाले १०/२० का नोटहरु फालेर भागेपछि त्यसमा कोरोना हुन सक्ने शंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) रामेश्वर कार्कीले नोटहरुलाई टेस्टको लागि ल्याब पठाउने बताएका छन् । उनले दुई अज्ञात महिला बीच सडकमै १० र २० का नेपाली नोटहरु त्यतिकै फालेर भागेको एक स्थानीयलाई उदृत गर्दै बताए ।

नोटहरु सटको भित्र पनि पसाएको देखिएको छ । यसले नोटमा कोरोना संक्रमितको थुक लगाएर छिराएको हुनुपर्ने आशंका गरिएको छ । अहिले महाबीर चोकमा त्रास फैंलिएको छ । भारतमा समेत केही दिनअघि नोटमा कोरोना पोजिटिभको थुक हालेर रकम सकडमा राखिने गरेको समचारहरु प्रकाशित भएको थियो ।

प्रहरीले नोटमाथि ढुँगा हाल्दै घेरा हालेको छ भने स्थानीयहरुले त्यसमा पनि थुक हालेर कोरोना फैलाउन सक्ने षडयन्त्रण हुन सक्ने आशंका गरेको छ । डिएसपी कार्कीले ती नोटहरुलाई सँकलन गरी ल्याबमा टेस्टको लागि पठाउने बताएका छन् ।

प्रतिक्रिया