काभ्रेमा माटोको ढिस्कोले पुरिदाँ एकको मृ*त्यु, तीन जना घा*इते

admin

धुलिखेल, ५ बैशाखः काभ्रेको खानीखाेला गाउँपालिका वडा नम्बर ४ मा माटोको ढिस्कोमा पुरिदाँ एक जनाको मृ*त्यु भएको छ । २४ बर्षीय अरिना गोलेको मृ*त्यु भएको पालिकाका स्वास्थ्य संयोजक रामपुकार यादबले जानकारी दिए ।

फोटो : डाँडापारि सन्देश

अरिनाकी बहिनी २० बर्षीय ऐरिना गोले ग*म्भिर घा*इते भएकी छन् । त्यस्तै १२ बर्षीय एलिना गोलेको खुट्टामा गम्भिर चो*ट लागेको छ । त्यस्तै गरी ९ बर्षीय एलिसा गोले पनि घा*इते भएको स्वास्थ्य संयोजक यादबले बताए ।

उनीहरु एकै परिवारका सदस्य हुन् । विहानै माटो खन्न पुगेका चार दिदी बहिनीलाई माटोको ढिस्कोले पुरेको हो । घा*इतेहरु लागि हेलिकप्टरबाट धुलिखेल अस्पताल ल्याइएको छ । उनीहरुको उपचार अहिले धुलिखेल अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया