सडकमा पैसा छरेर भागे दुई महिला, कोरोनाको आशंका

admin

जनकपुर : जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्र*हरी कार्यालय धनुषाले जनाएको छ। सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०/४५ वर्षका रहेको उल्लेख गरिएको छ।

जिल्ला प्र*हरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२:३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्र रूपले भइरहेको छ। बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ।

प्र*हरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ।

प्रतिक्रिया