बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मु*द्दा

राष्ट्रिय समाचार समिति

धादिङ, ६ वैशाख :बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मु*द्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अ*भद्र व्यवहार मु*द्दा दर्ता गरिएको जिल्ला प्र*हरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँबासीले फेला पारी एम्बुलेन्ससमेत तो*डफोड गरिदिएका थिए । बिहीबार प*क्राउ गरिएका अभियुक्तलाई हि*रासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ ।

प्रतिक्रिया