कोरोनाको प्र’कोपले मनोसामाजिक समस्या !

अस्मिता बेल्बासे
  • गोपाल ढकाल मनोविद,
    मार्क नेपाल मनोसेवा केन्द्र

कोरोनाको प्र’कोपले विश्व नै अहिले आ’क्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् ।

कस्ता कस्ता लक्षण देखिन्छन् त ?
मनमा कुरा खेल्नु, झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको- पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, प्रेसर बढनु, शरिरमा अत्याधिक थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, धेरै रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर र चिन्ता र पिर पर्नु, छटपटि हुनु निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक-पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही पो होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महसुस हुनु जस्ता लक्षणहरु देखिन सक्छन् ।

बिपति वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन । यस्ता लक्षणहरु बिपति वा सं’कटको कतिलाई तुरुन्तै देखिन्छन् भने कतिपयलाई केहि दिन पछि मात्र देखिन शुरु हुन्छ । कोही कोहीलाई भने केही महिना वा वर्षपछि अचानक लक्षणहरु देखा पर्न सक्छन् ।

समस्या कसरी कम गर्न सकिन्छ ?

मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले यि लक्षणहरु समय बित्दै जादा हराउदै जान्छन् ।

कतिपय व्यक्तिमा यस्ता लक्षण कम हुँदै जानुको सट्टा झन झन बढने पनि हुन सक्छ । जसले
मनोसामाजिक समस्याको जोखिम बढेर जान्छ ।

यस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छ ?

प्रत्येक व्यक्तिको मा’नसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्ति पिच्छे कोहि चाडै सामान्य अवस्थामा फर्कन्छन भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न सक्छ । धेरै मानिसहरु ढिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरुमा समस्याका लक्षणहरु हराउदैनन् ।

बिपतिको बेला देखिने स्वभाबिक लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अ’त्याधिक ला’गू प’दार्थको से’वन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आ’त्मह’त्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, विभ’त्स घ’टनाको यादले झस्काइरहेमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।

बिपतिका बेला कस्ता कस्ता मानसिक स्वास्थ्य समस्याहरु देखापर्न सक्छन् ?

– लगातार आत्तिने रोग
– दिक्दारिपन तथा आ’त्मह’त्याको सोचाई
– पि’डादायिक घटनापछि उत्पन्न हुने एक विशेष मानसिक समस्या
– एक्कासि विनाकारण हुने अ’त्याधिक त्रास
– समायोजनको समस्या
– तत्कालै देखा पर्ने त’नावजन्य समस्या

मनोवैज्ञानिक सहयोग जरुरी ?

रोगको संक्रमणले परिवारका सदस्यहरु गुमाउनु पर्दा, आफुलाई नै संक्रमण देखिँदा वा संक्रमणको आशंका हुदाँ, मनमा दुःख, पि’डा तथा भावना’त्मक चोट पुग्छ नै साथै यसलाई सहन कतिपय अवस्थामा कठिन हुनसक्छ । रोगको प्रकोपले प्रभावित व्यक्तिहरुको मनोबल धेरै कम भएको हुनसक्छ ।

यस्तो अवस्थामा भावना’त्मक सहयोगको जरुरत पर्छ। भावना’त्मक सहयोगले अशान्त मनलाई शान्त बनाउन मदत गर्छ । समस्यालाई बढन र बिग्रन दिदैन । आधारभूत आवश्यकता परिपूर्ति गर्न मदत गर्नु, उपचारको लागि मदत गर्नु, रोकोनाको संक्रमण बाट बच्ने सुरक्षाका उपाय अपनाउन सिकाउनु जस्ता व्यवहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।

बिपतिको बेला व्यक्तिको मनमा देखा पर्ने त्रा’स, भय, छट’पटि, मानसिक अशान्ति, नैरस्यता र यसको कारण आउन सक्ने व्यवहार जन्य ग’डबडीलाई व्यवस्थापन गर्ने दिईने सबै प्रकारको व्यवहारिक र भाबना’त्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।

यसले छोटो समयमा नै स्वास्थ भई आफ्नो काममा फर्कन मद्दत पुग्छ । प्रभावितमध्ये कसलाई मानसिक स्वास्थ्य समस्या देखा पर्छ वा कसलाई पर्दैन भनेर थाहा नहुने हुँदा जोखिममा परेका सबैले प्राथमिक मनोवैज्ञानिक सहयोग वा मनोसामाजिक सेवा लिनु राम्रो हुन्छ ।

यसो गर्दा लक्षणहरु छिट्टै हराउने र मानसिक स्वास्थ्य समस्याको रुपलिन पाउँदैन । परिवारका सदस्य गुमाएका व्यक्तिहरु, संक्रमित, बालबालिका, गर्भवती एवम् सुत्केरी महिला, अपाङ्ग, बृद्ध’बृद्धा, रोगी र अश’क्तमा असर बढी पर्ने भएकोले उनीहरुलाई सामान्य जीवनमा फर्काउन मनोसामाजिक सेवा अरु सामान्य व्यक्तिको तुलनामा झनै बढी आवश्यक पर्छ ।

प्रतिक्रिया