सरकारको लोकप्रियता नदेख्ने तत्त्व सल्बलाएका छन्

admin

यति बेला हामी (कोभिड–१९) कोरोना भाइरसको विश्व महामारी खेपी रहेका छौ । यो समय विश्व ठुलो संकटबाट अगाडि गुजरि रहेको छ । यस संकटको घडिमा हामिले नैतिकता गुमाउनु हुदैन । हामी अनुशासीत र मर्यादित भएर नेपाल सरकार विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका निति नियमको मर्यादित ढंगले पालना गर्नु, सभ्य नागरिको परिचय दिनु हाम्रो मुख्य उद्वेश्य बन्नु पर्दछ । भन्ने मेरो मान्यता रहेको छ ।

केहि तत्वहरु यो संकटको घडिमा सरकारलाई असयोग गर्ने ढंगले राजनिति गरिरहेका छन त्यस्ता तत्वहरु हाम्रो पार्टी र पार्टी बाहिरका छन् । जो व्यवस्थालाई कमजोर बजाउन खोज्ने संविधान विरोधी मैलै कुन बेला कुन समयमा के बोल्नु पर्दछ के गर्नु पर्दछ । मेरो खास जेम्मेवारी के हो चेतना नभएका आफुलाई ठुलो विद्वानका रुपमा बुझने आफ्नो बुझाइ मात्र राम्रो अरुको बुझाइ विचार निति कार्यक्रम जो पनि गलत रुपमा देख्ने समुहहरु हाबी भएको देखिन्छ ।

यो संकटको घडिमा अहिले हाम्रो जिम्मेवारी भनेको राज्यले गरेका निति निर्देशनलाइ घरमा बसि सहयोग गुर्नु भन्दा अन्य विषयमा प्रवेश नहुनु पर्ने समय हो । तर हामी हाम्रो समाजमा यस्ता खालका महामानव छन जो यस्ता संकटको घडि हेरी ठिक विरोध गर्ने थाल्छन र ति तत्व हरुको आँखा पनि यस्ता छन कि राम्रो काम कहिले देख्दैन्न नभएका नदेखिएका कुराहरु ल्याएर बजार तरंगित गरि राज्यलाई कमजोर गर्ने खोज्छन ।

यो संकटको बेलामा मेरा दायित्व के हो मैले जिम्मेवार ठाउँमा बसेर के कति सहयोग गर्नु पर्ने हो र के गदैछु भन्ने समेत चेत नभएकाले अहिले सरकारले गरेका राम्रो काम पनि देख्न छोडेका छन । यो नैतिकताको खाडल हामीमा देखा परेको छ । अहिले केहि हाम्रो मुलुक भित्र र मुलक बाहिर रहेका मजदुर समस्यामा पर्ने गएका छन ।

जसको देश भित्र रहेका मजुदुरहरुलाई सबै प्रदेश सरकार र स्थानीय सरकारले सो को समाधान को बाटोमा अलपत्र परेका मजदुरहरुलाई गास,वासको व्यावस्ता गर्नु पर्ने र क्वारेन्टाइनमा राख्नु पर्ने संघिय सरकारले निर्देशन दिइ सकेको छ । अब प्रदेश र स्थानीय सरकारले आफ्नो जिम्मेवारी भुल्नु हुदैन । मैले अत्यन्त समस्या देखेको जो हाम्रो छिमिकी राष्ट्र भारतमा काम गर्ने गएका नेपाली जो अहिले पनि लकडाउनका कारण सीमामा आफुले पालना गर्नु पर्ने २ हप्ता वा १४ दिनको क्वारेन्टाईको समय पालना गरि फेरि पनि नेपाल आउन नपाएका मजदुर हरुलाई तत्काल नेपाल ल्याउन नेपाल सरकारले पहल गर्नुपर्ने जरुरी देखेको छु उहाँहरुलाई नेपाल ल्याइ स्थाननीय सरकारको जिम्मा लगाई स्वास्थ्य चेकजाच पछि आ–आफ्नो घर पठाउनु पर्ने देखिन्छ ।

अझ विश्वभर कोरोना (कोभिड–१९) छिट्टै नियन्त्रमा आउला जस्तो देखिदैन यसको दर हेर्दा दिनदिने बढदै गइरहेको देखिन्छ । यस महामारीको बेला संघिय सरकारको मुख मात्र ताकेर बस्नु पर्ने बेला होईन तिनै तहका सरकार उतिकै जिम्मबार हरु जरुरी छ ।

र सँग सँगै हामी सचेत नागरिक राजनितिक दल, समाज सेवि, नागरिक समाज, पत्रकार, विद्यार्थी सबै जिम्मबार निकायले मानवताको पालना गरि मानव रक्षामा लाग्नु पर्ने बेला हो र हामी यस ढङ्गले अगाडि बढन गयौ भने यो महामारी कोरोना भाईरसलाई परास्त गरि विजय प्राप्त गछौ भन्ने लाग्छ ।

लेखक :  खेम राज जोशी,  अनेरास्वबियू केन्दीय कमिटि सदस्य दार्चुला ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू