काभ्रे बस्दै आएका ३० जना भारतीय नागरिकको स्वाब परिक्षण गर्न आलटाल

admin

काभ्रे: काभ्रेको बनेपा बस्दै आएका ३० जना भारतीय नागरिकको स्वाब परिक्षण गर्न आलटाल भएको पाइएको छ । बनेपा नगरपालिकाको स्वास्थ्य शाखाले उनीहरुको आरडिटी परिक्षण गरिसकेको छ । रिपोर्ट सबै जनाको नेगेटिभ नै आएको छ ।

स्वास्थ्य शाखाले उनीहरुको ट्राभल हिस्ट्रि हेर्दा उदयपुरमा केहिदिन अघि कोरोना भाइरस पुष्टि भएका ब्यक्तिहरुसँगै मस्जिदमा सहभागि भएको पाइएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जिदमा बसेका १२ जनामा सुरु आरडिटी परिक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर स्थानीयले दबाब दिएपछि स्वाब परिक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको थियो ।

अहिले उनीहरु बनेपा नगरपालिका वडा नम्बर १०, थापागाउँमा होम क्वारेन्टाइनमै रहेको स्वास्थ्य संयोजक सत्यश्वर मकै श्रेष्ठले बताउनुभयो । बनेपामा ४०÷५० जनाको संख्यामा भारतीय मुलका नागरिक बस्दै आएको र ती मध्ये ३० जना उदयपुरको मस्जिदमा भएको धार्मिक कार्यक्रममा सहभागि भएर बनेपा नै फर्किएको वडाध्यक्ष चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । आफुले स्वाब परिक्षणका लागि आग्रह गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको वडाध्यक्ष खड्काको भनाई छ ।

प्रतिक्रिया