पसलमा आगलागी हुँदा छोराको मृत्यु, बुबाआमा घा*इते

राष्ट्रिय समाचार समिति

गुल्मी, ८ वैशाख :चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आ*गलागी हुँदा एक किशोरको मृ*त्यु भएको छ । आ*गलागीमा परी व्यवसायी पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृ*त्यु भएको जिल्ला प्र*हरी कार्यालयका प्र*हरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

आ*गलागीबाट समिरको घ*टनास्थलमै ज्यान गएको तथा मृ*तकका बावुु ४५ वर्षीय पूुर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २१ वर्षीय सञ्जय घा*इते भएको जनाइएको छ ।

घा*इते तीनै जनालाई उपचारका लागि पाल्पाको मिसन अस्पताल प्रवासमा पठाइएको प्र*हरीले जनाएको छ । लकडाउनका समयमा सबै घरमै बसिरहेका अवस्थामा भएको आ*गलागीको कारण अझै खुल्न नसकेको प्र*हरीले जनाएको छ ।

शान्तिपुर बजारमा पसल सञ्चालन गर्दै आउनुभएका खनालको आ*गलागीबाट पसलका सबै सामग्री ज*लेर न*ष्ट भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया