मानवाधिकारकर्मीद्वारा क्वारेन्टाइन अनुगमन

admin

तुलसीपुर, ९ बैशाख : मानवअधिकार प्रतिष्ठान दाङले मंगलबार स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन तथा सडक अनुगमन गरेको छ ।

अनुगमनका क्रममा लकडाउनका समयमा पैदल फर्किँदै गरेका यात्रुको अवस्था दयनीय रहेको पाइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष शालिराम वलीले बताए ।

कोभिड-१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनले गर्दा समस्यामा परेका मजदूर एक ठाउँबाट अर्को ठाउँमा पैदल यात्रा गरिरहेको र तिनलाई ठाउँठाउँमा खाना खाने व्यवस्था गरिए पनि धेरैलाई व्यवस्थापन गर्न बाँकी रहेको प्रतिष्ठानका प्रदेश नं ५ का संयोजक विनोदकुमार श्रेष्ठले बताए ।

अनुगमनका क्रममा स्थानीय तहका क्वारेन्टाइनको अवस्था भने सन्तोषजनक रहेको पाइएको छ । जिल्लाका तुलसीपुर, घोराही र गढवाका क्वारेन्टाइन अनुगमन गरिएको थियो ।

प्रतिक्रिया