आज पुन: दुई जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ४७ पुग्यो

admin

काठमाडौं, ११ बैशाख : नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना सङ्क्रमित भएका पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उदयपुरका ५५ वर्षकी एक महिला र जनकपुरका १४ वर्षका किशोरमा सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया