प्र*हरीमाथि आ*क्रमण गर्ने चार प*क्राउ

राष्ट्रिय समाचार समिति

परासी १२, वैशाख: प्र*हरीमाथि आ*क्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्र*हरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्र*हरीबीच झ*डप भएको थियो ।

झ*डपमा एक प्र*हरी सहायक निरीक्षक घा*इते भएका थिए । राहतमा विभेद गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न पुगेका प्र*हरीसँग स्थानीयवासीको झ*डप भएको हो ।

समूहमा आएका केही व्यक्तिले प्र*हरीमाथि आक्रमण गर्दा प्र*हरीचौकी गोबरहियामा कार्यरत प्रसनि चामबहादुर ओली घा*इते भएको जिल्ला प्र*हरी कार्यालयका प्र*हरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँको टाउकामा चो*ट लागेको छ । घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाइएको छ । रामग्राम नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत असङ्गठित क्षेत्रका मजदूर तथा अति विपन्नवर्गका लागि राहत वितरण शुरु गरेको थियो ।

उक्त वडामा राहत वितरण भइरहेका अवस्थामा एक समूह आएर हुनेखानेलाई पनि राहत दिनुपर्ने भन्दै विवाद निकालेर वडा कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष जीतबहादुर गोसाईँले जानकारी दिनुभयो । तालाबन्दी खोल्न पुगेको प्र*हरीसँग समूहमा रहेका स्थानीयवासीले आक्रमण गरेको उहाँले बताउनुभयो । उक्त वडाका २०० घरधुरीका लागि राहत वितरण गरिएको थियो ।

प्रतिक्रिया