छोराले गरे बाबुको ह*त्या

राष्ट्रिय समाचार समिति

सल्यान, १४ वैशाख : सल्यानमा छोराले आफ्नै बाबुको ह*त्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ कुइयाझोलका २१ वर्षीय सुरज विकले शनिबार राति आफ्ना ५४ वर्षीय बाबु बुदे कामीको ह*त्या गरेका हुन् ।

ह*त्याको आरोपमा छोरा सुरजलाई नियन्त्रत्रणमा लिइएको जिल्ला प्र*हरी कार्यालय सल्यानका प्र*हरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

सुरजले वैशाख १ गते आमाको पनि हात भाँचेको प्र*हरीको भनाइ छ । शवपरीक्षणका लागि सल्यान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्र*हरी प्रमुख खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया