अवैध औषधि बेचेकोे आरोपमा तीन प*क्राउ

राष्ट्रिय समाचार समिति

तानसेन, १४ वैशाख: पाल्पामा अवैध औषधि बेचेकोे आरोपमा तीन जना प*क्राउ परेका छन् । तानसेन नगरपालिका बर्तुङस्थित सरस्वती मेडिकलमा विशेष सूचनाका आधारमा प्र*हरीले खोजतलास गर्दा गाँजा फेला परेपछि मेडिकलका सञ्चालक सरस्वती खनाल तथा उनका छोरा विवेक र प्रकाश कार्कीलाई प*क्राउ गरिएको प्र*हरीले जनाएको छ ।

खनालको भान्साघरबाट तीन सय ग्राम गाँ*जा जस्तो देखिने वस्तु फेला परेको तथा छोराको कोठामा टिनको बाकसभित्र लुकाइछिपाई राखिएको ११ पोकाभित्र तीन हजार २९५ ट्राडोमल होइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल ५० फेला परेकोे छ । फेला परेको क्याप्सुल औषधि भएको तर औषधि व्यवस्था विभागको स्वीकृतिमा मात्र प्रयोग गर्न पाइने जिल्ला प्र*हरी कार्यालय पाल्पाका प्र*हरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिनुभयो ।

फेला परेको औषधि ला*गुपदार्थका रुपमा प्रयोग हुने तथा अवैध बेचबिखन र ओसारपसार हुने भएकाले घरमै राखिएको सो औषधि के काममा प्रयोग भइरहेको छ भन्ने अनुसन्धान भइरहेको प्र*हरीले बताएको छ । शनिबार पक्राउ परेका उनीहरुलाई प्र*हरीले आज सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया