ह*त्या आरोपमा दुई किशोर प*क्राउ

राष्ट्रिय समाचार समिति

रुकुमपूर्व, १४ वैशाख: रुकुम (पूर्व) मा एक युवतीको ह*त्या आरोपमा दुई बालकलाई प्र*हरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको ह*त्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोरलाई प्र*हरीले नियन्त्रणमा लिएको हो ।

अभियुक्तले दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो । शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृ*त्यु भएपछि अनुसन्धानका लागि दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्र*हरी कार्यालयका सूचना अधिकारी प्र*हरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।

घ*टनाको अनुसन्धानका लागि उनीहरुलाई आज जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको प्र*हरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । १८ वर्षमुनिका भएकाले प्र*हरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । उनीहरुको मुद्दा बाल इजालसमा सुनुवाइ हुने प्र*हरीले जनाएको छ ।

प्रतिक्रिया