काठमाडौं, १५ बैशाख : अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिईन् ।
उनका अनुसार यसको प्रभावले सोमबार पश्चिमका धेरै तथा मध्ये र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्नेछ ।
पुराना प्रणाली कमजोर भएपनि नयाँ प्रणाली सक्रिय हुने देखिएकाले अझै केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने क्रम चलिरहने उनले बताईन् ।
गएको २४ घण्टामा काठमाडौंमा २ दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।