पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न आदेश

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १५ वैशाख :जिल्ला अदालत काठमाडौँले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटी बुझाएर तारिखमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले आज थुनछेक बहसपछि धरौटी २५ हजार धरौटी बुझाएर तारिखमा छुट्नुभएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमार्फत सरकारको गालीगलोज गरेको आरोपमा पक्राउ पर्नुभएका उपाध्यायलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोवारसम्बन्धी ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया