जीप दुर्घटनामा एकको मृ*त्यु, छ घाइते

राष्ट्रिय समाचार समिति

दमौली, १५ वैशाख: तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा आज साँझ जीप दु*र्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ । जीप दु*र्घटनामा छ जना घा*इते भएका छन् ।

नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको जिल्ला प्र*हरी कार्यालय तनहँुका प्र*हरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पोखरेलको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा नि*धन भएको प्र*हरीले जनाएको छ ।

दु*र्घटनामा घा*इते हुनेहरुमा नवलपुर बैदिककालिका गाउँपालिका–२ बस्ने ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिनाका अनिल खत्री, जीपका चालक ३१ वर्षीय चामबहादुर दमै र सहचालक २१ वर्षीय सन्तोष परियार छन् ।

६ महिनाका बालक अनिलको आँखाको उपचारका लागि पोखरा जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट खसेको प्र*हरीले जनाएको छ । घा*इतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्र*हरीले जनाएको छ । गम्भीर घा*इतेलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य घा*इतेको भीमादस्थित शुभलक्ष्मी मेडिकल हलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया