गैरकानूनी रुपमा थुनामा रहेकालाई मुक्त गर्न आदेश

राष्ट्रिय समाचार समिति

तुलसीपुर, १६ वैशाख: गैैरकानूनी रुपमा थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ । कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई सोमबार आदेश दिइएको हो ।

बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६(४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महिना कैद सजाय सुनाए पनि चौधरी ६ वर्षभन्दा बढी कैद बसिसकेका कारण थुनामुक्त गर्न भनिएको हो ।

विसं २०७० माघ १७ गते जबर्जस्ती करणी गरेको अपराधमा माघ १९ गते पक्राउ परेका चौधरीलाई अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले आठ वर्ष कैद सजाय तोकेकामा सर्वोच्च अदालतले ६ वर्ष कैद सुनाएको थियो ।

प्रतिक्रिया