काभ्रेमा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्र*हरी नियन्त्रणमा

admin

धुलिखेल, १६ बैशाखः इलाका प्र*हरी कार्यालय बनेपाले लकडाउन उल्लंघन गर्ने २२ जना ब्यापारीलाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गरी पसल खोल्ने २२ जना ब्यापारीलाई मंगलबार विहान बनेपाका विभिन्न ठाउँबाट प*क्राउ गरिएको इलाका प्र*हरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सरकारले तोकेभन्दा विपरितका पसल खोले पछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । हार्डवेयर, कस्मेटिक, होटल, लुगा, जुत्ता लगायतका पसल खोल्ने ब्यापारीलाई नियन्त्रणमा लिएको तिमिल्सिनाले बताए ।

उनीहरुलाई झण्डै एक घण्टा लकडाउनका नियम, कोरोना भाइरसबाट बच्ने उपायका बारे सचेत गराएर पठाएको प्र*हरीले जनाएको छ । बनेपा प्र*हरीले यस अघि पनि सयौँ नागरिकलाई लकडाउन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रतिक्रिया