रिहा भए ज्ञानेन्द्र शाही

admin

काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालतले ललितपुरमा प*क्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि महानगरीय प्र*हरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ ।

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते प*क्राउ परेका थिए ।

शाहीलाई प*क्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई प*क्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रतिक्रिया