कोरोनाका कारण अमेरिकामा थप एक नेपालीको नि*धन

admin

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको नि*धन भएको छ।

भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा नि*धन भएको हो।

कोरोना संक्रमित पन्थीको बिगत २० दिनदेखी इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो। नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।

उनि एक दशक देखि अमेरिका थिए। पूर्व भलिबल खेलाडी समेत रहेका पन्थीको नि*धनप्रति स्थानिय संघ सस्थाहरुले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन्।

प्रतिक्रिया