साथीको ह*त्या गर्ने तीनजना प*क्राउ

राष्ट्रिय समाचार समिति

सप्तरी, १७ वैशाख : सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मा*रेको अभियोगमा आज सप्तरीमा तीनजना प*क्राउ परेका छन् । साथीको ह*त्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्र*हरीले प*क्राउ गरेको हो ।

जिल्ला प्र*हरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार उनीहरूमाथि फागुन ३० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई ह*त्या गरेको अभियोग लागेको छ । मृ*तकका बुवाले इलाका प्र*हरी कार्यालय कञ्चनरूपमा दिएको उजुरी आज दर्ता गरिएको छ ।

प्र*हरीका अनुसार सँगै नशा सेवन गरेका साथीहरूले सामान्य विवादमा स्वर्णकारलाई कुटपिट गरी ह*त्या गरेका हुन् । प*क्राउ परेका आरोपितले प्रहरीसँगको प्रारम्भिक बयानमा चारजना सँगै बसेर सोनपिच नामक सुलेसन पिएको र चोरी गर्न जाने क्रममा विवाद भएपछि तीनजना मिलेर कुटपिट गर्दा मृ*त्यु भएपछि बोरामा हालेर झाडीमा मिल्काएको बताएका छन् ।

कुटपिट गरेर ह*त्या गरिएको अवस्थामा सुरजको श*व वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्न धनुषाको मिथिला नगरपालिकास्थित प्र*हरी चौकी लालगढबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको थियो । गाउँको चौबाटोमा पुगेर कुकुरले ट्र्याक छाडेपछि प्र*हरीले मृतकका मिल्ने नजिकका साथीहरूमा निगरानी बढाएको थियो ।

कुटपिट गर्दा चारैजना नशाले बेहोसी अवस्थामा रहेको प*क्राउ परेका आरोपीले बताए । “सबैजना बेहोसी हालतमा रहेकाले नै कुटपिटमा सुरजको मृ*त्यु भयो”, उनीहरूको बयानलाई उद्धृत गर्दै इलाका प्र*हरी कार्यालय कञ्चनरूपका प्र*हरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भन्नुभयो, “आरोपितहरूलाई आज अदालतबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।”

ह*त्यामा प्रयोग भएको धा*रिलो च*क्कु, बोरा, डोरी, ताला फुटाउने कटर फेला परिसकेको छ । यसअघि कुनै मनमुटाव नभएको र सुरजका साथीहरूले समेत बेहोसी अवस्थामा घटना भएको प्रारम्भिक बयान दिएकाले ला*गुऔषधको नशा घटनाको मुख्य कारण भएको प्रनाउ मिश्रले बताउनुभयो ।

प्रतिक्रिया