चित्तल मा*रेको आरोपमा दुई जना प*क्राउ

राष्ट्रिय समाचार समिति

तुलसीपुर, १७ वैशाख: दाङमा चित्तल मा*रेको आरोपमा दुई जनालाई प*क्राउ गरिएको छ । मंगलबार बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका वडा नं ९ रिहारको तलाउमा आएको चित्तललाई मा*रेको अभियोगमा सोही ठाउँका झग्गु ओली र मानसिंह ओलीलाई आज प*क्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजन प्रमुख प्रवीण बिंडारीले बताउनुभयो ।

रिहारमा चित्तल मारिएको भन्ने सूचनाका आधारमा पुगेको कार्यालयको टोलीले बिहान अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया